महासंघद्धारा लमही अस्पताल र कोरोना अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान



महासंघद्धारा लमही अस्पताल र कोरोना अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

लमही २२ जेठ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले उपलब्ध गराएको स्वास्थ्य सामाग्री लमही कोभिड अस्पताल र लमही अस्पताललाई हस्तान्तरण गरिएको छ ।नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दिनेश गिरीको नेतृत्वमा लमही अस्पताललाई २५ थान पिपिई, १० प्याकेट मास्क, २५ लिटिर सेनिटाईजर, ५ प्याकेट ग्लोब्स त्यसै गरी देउखुरी उपत्यका स्तरीय कोरोना अस्पताल लमहीलाई ५ प्याकेट मास्क, ५ वटा पिपिई, ४ थान ग्लोब्स र १० लिटिर सेनिटाइजर गरी कुल ६५ हजार बराबरको स्वास्थ्य सामाग्री अस्पताललाई प्रदान गरिएको हो ।महासंघका लुम्बिनी उपाध्यक्ष गिरी सहित, महासंघका केन्द्रिय सदस्य गेहेन्द्र बस्नेत, जिल्ला सल्लाहकार रविलाल आचार्य, व्यवसायी ऋषिराज रावत लगायतले लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, लमही अस्पतालका मेडिकल सुपरीटेन्डेन डाक्टर रञ्जिता महतो, लमही अस्पताल व्यवस्थापन समितिका सदस्य गंगाराम भट्टराईलार्ई हस्तान्तरण गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे