देउखुरीको राप्ती गाउँपालिकाले बृक्षारोपण गरेर मनाइयो विश्व वातावरण दिवस



देउखुरीको राप्ती गाउँपालिकाले बृक्षारोपण गरेर मनाइयो विश्व वातावरण दिवस

भालुवाङ २२ जेठ । देउखुरीको राप्ती गाउँपालिकाले आज शनिबार बृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । प्राकृतिक प्रणालीको पुर्नस्थापना भन्ने मुलनारा नाराका साथ राप्ती गाउँपालिका वातावरण शाखाको आयोजनामा पशुपंक्षी उपचार केन्द्र गोपीनाला मौरीघाटको प्रगाणमा विभिन्न प्रजातिका बिरुवा रोपी विश्व वातावरण दिवस मनाइएको हो ।

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले वातावरण संरक्षण गर्न वृक्षारोपण एकदमै आवश्यकता रहेको बताएका छन् । उनले वातावरण हराभर बनाउन र अक्सिनको मात्रा बढाउन सबैले बिरुवा रोप्नु विकल्प समेत नरहेको बताउँदै सम्पूणर् राप्तीबासीमा वातावरण दिवसको अवसरमा शुभकामना दिएका छन् ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले पनि पछिल्लो समय जलबायु परिवर्तनले वातावरणमा जुन खालको प्रभाव रहेको छ, त्यसलाई सुधार गर्न सबैले आ—आफ्नो ठाउँमा बृक्षारोपण गरेर वातावरण जोगाउन आग्रह गरेकी छिन् ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका देउखुरी संयोजक अध्यक्ष हरिप्रसाद भुसाल र गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्व विकले पनि वातावरण संरक्षणका लागि बृक्षारोपण एकदमै आवश्यकता रहेको भन्दै वातावरण दिवसको अवसरमा शुभकामना दिएका थिए ।

राप्ती गाउँपालिका—४ गोलीनाला मौरीघाटमा नवनिर्मित पशुपंक्षी उपचार केन्द्रको करिब ४ कट्ठा क्षेत्रफलमा बडहर र छटिवन प्रजातिका करिब एक बढी बिरुवा बृक्षारोपण गरिएको छ ।

बृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिका ४ नम्बर वडाध्यक्ष बिष्णुबहादुर घर्तीक्षेत्री, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत बासुदेव खनाल, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख विकास ज्ञवाली, पशुपंक्षी विकास शाखा प्रमुख शेरबहादुर हमाल रिजाल, वातावरण शाखा प्रमुख सुवास भट्टराई, सवइन्जिनियर प्रदिपप्रसाद बैदिक, राप्ती गापा १ नम्बर वडासचिव राजेन्द्र पौडेल, आन्तरिक लेखापरिक्षक प्रभु महत्तो, पानी परियोजनाको फिल्ड कोडिनटर राममोती चौधरी, रेडियो राप्ती राप्ती टेलिभिजनका सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता, प्रमुख समाचार बाचिका अंशु बोहरा, कार्यक्रम संचालिका मधु मल्ल र समाजसेवी बसन्त अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे