वडाअध्यक्ष भण्डारीद्धारा कोरोना अस्पताल सिसहनियाँलाई नगद सहयोग



वडाअध्यक्ष भण्डारीद्धारा कोरोना अस्पताल सिसहनियाँलाई नगद सहयोग

गढवा २२ जेठ । केहि दिन अघि पोखरा पुगेर दाङका कोरोना अस्पतालहरुलाई १ सय २० वटा अक्सिजन सिलिन्डर रिफिल गरि नागरिकहरुको स्वास्थ्य सुरक्षामा योगदान गर्नुभएको वास्तविकता ताजा छदै गढवा गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष तथा गढवा गाउँपालिका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले देउखुरीको राप्ती गाउँपालिकाले सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पताललाई ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

शुक्रवार सो रकम अस्पताललाई उपलब्ध गराउन स्वास्थ्यकर्मी प्रकाश बिष्टलाई वडा अध्यक्ष भण्डारीले हस्तान्तरण गरेका हुन् ।  कोभिड महामारीबाट पिडित नागरिकहरुको स्वास्थ्य सुरक्षार्थ अक्सीजन रिफिल गर्न सो रकम हस्तान्तरण गरेको वडा अध्यक्ष भण्डारीले बताए । राप्ती गाउँपालिका र स्वास्थ्यकर्मी प्रकाश बिष्टले कोभिड महामारीबाट पिडित नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै भण्डारीले हौसला स्वरुप रकम सहयोग गरेको बताए । प्रकाश बिष्टले कोभिड महामारीको समयमा अग्र स्थानमा खटेर काम गरेको र सो को लागि राप्ती गाउँपालिकाले गरेको समन्वय र सहकार्यका लागि भण्डारीले प्रशंसा ब्यक्त गरे । भण्डारीले यस अघि पनि देउखुरीको सिसहनियाँ र लमही स्थित कोभिड बिशेष अस्पतालहरुका लागि पोखरा पुगेर १ सय २० सिलिण्डर रिफिल गरी पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे