सात मन्त्रालय आफैसँग राखेर प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार



सात मन्त्रालय आफैसँग राखेर प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफूमातहत राखेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

नयाँ मन्त्रिपरिषद्‌मा जनता समाजवादी पार्टी ९जसपा० नेता राजेन्द्र महतोको नेतृत्वमा १० जना समावेश छन् । जसपालाई ओलीले ८ मन्त्री र २ राज्यमन्त्री दिएका छन् । यसअघि ओलीको क्याबिनेटमा भएका चार जनाबाहेक अरु मन्त्री भने बाहिरिएका छन् । आज विस्तार गरेको मन्त्रिपरिषद्मा ओलीले रघुवीर महासेठ र शेरबहादुर पुनः भित्र्याएका छन् ।

यी हुन् थपिन लागेका मन्त्री

. प्रधानमन्त्री केपी शर्मा ओली:  रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य, सामान्य प्रशासन

. विष्णु पौडेल: उपप्रधानमन्त्री, अर्थ

. राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

. रघुवीर महासेठ:उपप्रधानमन्त्री, परराष्ट्र

. कृष्णगोपाल श्रेष्ठ :मन्त्री, शिक्षा

. बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

. लीलानाथ श्रेष्ठ :मन्त्री, कानून न्याय तथा संसदीय मामिला

. शरतसिंह भण्डारी स् मन्त्री, ऊर्जा

. अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई

. विमल श्रीवास्तव : श्रम तथा रोजगार

उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण

. लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था

. चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

. एकवाल मियाँ :मन्त्री, युवा तथा खेलकुद

. चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

. रेणुका गुरुङ स् राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे