वार्षिक परिक्षा शुल्क नउठाउन घोराही उपमहानगरको निर्देशन



वार्षिक परिक्षा शुल्क नउठाउन घोराही उपमहानगरको निर्देशन

घोराही १९ जेठ । घोराही उपमहानगरपालिकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिक्षा शुल्क न उठाउन निर्देशन दिएको छ । कोभिड १९ को कारण भौतिक रुपमा उपस्थित भएर परिक्षा सञ्चालन गर्ने नसक्ने अवस्था रहेकाले परिक्षा शुल्क नउठाउन भनिएको हो ।

गर शिक्षा समितीको यही जेठ १८ गते वसेको बैठकले वार्षिक परिक्षा शुल्क नउठाउने निर्णय गरेको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिए । त्यसै अनुसार कार्य गर्न समेत विद्यालयहरुलाई भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे