तराईका नदी-खोलाको ढुंगा-बालुवा उत्खनन निकासी गर्न अनुमती दिएका छैनाैँ : मुख्यमन्त्री पाेख्रेल



तराईका नदी-खोलाको ढुंगा-बालुवा उत्खनन निकासी गर्न अनुमती दिएका छैनाैँ : मुख्यमन्त्री पाेख्रेल

दाङ १९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकर पोख्रेलले बजेट कार्यक्रममा प्रस्तुत भएको तराईका नदी-खोलाको ढुंगा-बालुवा वा चुरे उत्खनन निकासी गर्न अनुमती नदिएको बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकारले यस विषयमा केन्द्र सरकारलाई समेत यसअघि नै ध्यानाकर्षण गराउदै आएको बताए ।

देशैभर नदीजन्य पदार्थबाट प्राप्त हुने निर्माण सामाग्रीको अभाव रहेको पनि उनले जिकिर गरेका छन् । साथै उनले सरकारले अघि सार्न खोजेको वातावरणीय अध्ययन गरी ढुंगे पहाडलाई खानी क्षेत्रका रुपमा छुट्याएर निकासी गर्न अनुमती दिनु पर्ने बताए । त्यस्तै उनले खानी परिचालन गर्दा सडक यातायातमा समेत असर पर्न नदिनेगरी रोपवेको प्रयोग गर्ने निति सरकारले अघि सारेको बताए ।

यस्तो नितिको अवलम्बन गरेमा चुरेमा हुने अवैध उत्खनन समेत राकिनुका साथै तराईको खेती योग्य जमिनको पनि सुरक्षा हुने र नेपालको व्यापारघाटालाई रोक्न मद्यत मिल्ने उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन् । साथै उनले नेपालको विकासका लागि विदेशी ऋणलाई कम गर्न सहयोग पुग्ने बताएका छन् ।

त्यस्तै उनले यस्तो विषयलाई लिएर चुरे क्षेत्रको विनाससंग जोडेर भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् । चुरे क्षेत्रको संरक्षणमा योगदान गर्न सक्ने कार्यक्रमको रुपमा लिन पनि उनले भनेका छन् ।पछिल्लो समय लुम्बिनी प्रदेशको चुरे क्षेत्रमा अवैधरुपमा नदी जन्य पदार्थको उत्खनन तीव्र रुपमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे