चट्याङ पर्दा तुलसीपुरको एक घरमा क्षति



चट्याङ पर्दा तुलसीपुरको एक घरमा क्षति

तुलसीपुर १८ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थित एक घरमा चट्याङ परेको छ । लगातार बर्षा संगै परेको चट्याङले सुकिदह स्थित दुर्गा बहादुर विकको घरमा क्षति पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

मंगलवार दिउँसो १२ बजेतिर चट्याङ पर्दा घरको विद्युत मिटर बक्स सहित विद्युतिय संरचना चलेर नष्ट भएको छ भने घरको केहि भाग वाल(गारो) समेत भत्केको छ । घरमा तिन जना परिवार भएपनि मानविय क्षति नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे