भालुबाङका अति विपन्न ५३ घरधुरीलाई बस्नेत बन्धुद्धारा राहत वितरण



भालुबाङका अति विपन्न ५३ घरधुरीलाई बस्नेत बन्धुद्धारा राहत वितरण

भालुबाङ १७ जेठ । कोभिडको महामारीका बेला लगाइएको निशेधाज्ञामा मानिसहरु घरमै बसेर पुर्ण रुपमा निशेधाज्ञाको पालना गरिरहेका छन् । तर काम गरेर साझ बिहानको जोहो गर्ने परिवारलाई यतिबेला साँझ बिहानको छाक कसरी जोहो गर्ने भन्ने समस्या छ ।यसै बिच राप्ती गाउँपालिका १ भालुबाङ घर भइ हाल रोजगारीको सिलसिलामा जापानमा रहेका डिलबहादुर बस्नेत र भाई मनोज बस्नेतले यस्तै समस्यामा परेका परिवारलाई राहत वितरण गरेका छन् । राप्ती गाउँपालिका १ भालुबाङका अति विपन्न ५३ घरधुरीलाई उनीहरुकी आमा थुमा बस्नेतद्दारा उनीहरुकै घरमै दुई लाख बराबरकाे खाद्य सामाग्री वितरण गरिएकाे छ।  वितरित खाद्य सामाग्रीमा प्रति परिवार चामल २५ केजी, दाल २ केजी, नुन १ केजी, तेल १ लि. साेयाविन २०० ग्राम, साबुन २ पिस र मास्क, सेनिटाईजर स्वास्थ्य सामाग्री वितरण गरिएकाे छ।

गुल्मी जिल्ला तम्घासबाट २०३५ सालमा बसाइँ सरि भालुवाङ आएका भारतीय गाेर्खा रेजिमेन्टबाट रिटायर्ड सुवेदार मेजर स्वर्गीय ठ बहादुर बस्नेतका सुपुत्र तथा नातीहरुले समाजिक संन्जाल फेसबुक तथा अनलाइन लगायत विभिन्न संचार माध्यमद्वारा भालुबाङ क्षेत्रका अति विपन्न घरपरिवार लकडाउनका कारण खाद्य अभाव भई समस्यामा परेकाे थाहा पाएपछि साे राहतकाे ब्यबस्था मिलाएका थिए। उक्त राहत वितरण कार्यक्रममा जापानमा श्रम राेजगारी गरि छुट्टिमा घर आएका गाेविन्द र सुमित बस्नेतकाे पनि उपस्थिति रहेकाे थियोे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे