कार्यविधि अनुसार नदीजन्य पदार्थ ढुवानी गर्न, गराउन उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश जारी



कार्यविधि अनुसार नदीजन्य पदार्थ ढुवानी गर्न, गराउन उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश जारी

दाङ १८ जेठ । उच्च अदालत तुलसीपुरले कार्यविधि अनुसार नदीजन्य पदार्थ ढुवानी गर्न, गराउन अन्तरिम आदेश जारी गरेको छ । नदिजन्य पदार्थ ब्यबस्थापन कार्यबिधि २०७५ को दफा १३(१)ङ बमोजिमको तोकिएको समय सिमाभित्र मात्रै नदीजन्य पदार्थ बोकेको सवारी साधानहरु सञ्चालन गर्न तथा चलाउन दिनु, चलाउन लगाउन भनि बिपक्षहरुको नाममा उच्च अदालत नियमावली,२०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

रिट निबेदक उच्च बार एशोसियसन तुलसीपुरका अध्यक्ष अधिबक्ता रबिन्द्रकुमार शर्माले बहस गर्नु भएको थियो ।जिल्लामा ढुंगा,गिट्टी र वालुवा (नदीजन्य पदार्थ)ढुवानी स्थानिय प्रशासनले बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म र बेलुकी ५ बजेदेखि राती १२ बजेसम्मको समय निर्धारण गरिएको थियो ।तर प्रदेश वित्त ब्यबस्थापन ऐन दफा २०७५ को उपदफा ९ र प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी ऐन दफा १५ को उपदफा (५)ले दिएको अधिकारमा शहर वा वजार क्षेत्रमा नदीजन्य पदार्थ बोकेको सवारी साधन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन पाईदैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे