विपद व्यवस्थापन स्थानीयकरण सम्बन्धि दुई दिने तालिम दाङकाे भालुवाङ सम्पन्न



विपद व्यवस्थापन स्थानीयकरण सम्बन्धि दुई दिने तालिम दाङकाे भालुवाङ सम्पन्न

देउखुरी १२ असार । नेपाल रेडक्रस साेसाइटी लुम्बिनी प्रदेश सुपर परियोजना अन्तर्गत विपद व्यवस्थापन स्थानीयकरण सम्बन्धि दुई दिने तालिम दाङकाे भालुवाङमा सम्पन्न भएको छ । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय, राष्ट्रिय, प्रादेशिक ऐन, नियम, रणनीतिक योजना बारे जानकारी तथा छलफल भएको भएकाे हाे ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षता भएकाे संयुक्त तालिममा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन को क्षेत्रमा भएको ऐन, नियम, कानुनहरूको स्थानीयकरणमा प्रदेश सरकार को भूमिका र जिम्मेवारी बारेमा ऐन कानुनमा रहेका प्रवधानहरूबारे प्रशिक्षित गरिएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रशासन योजना तथा विपद् समन्वय महाशाखा प्रमुख सुरेशचन्द्र आचार्यले आफ्नो भनाइ राख्नुभएको थियो । तालिममा प्रदेश मन्त्रालयका विपद् सम्पर्क व्यक्तिहरू र विकास साझेदारीहरूको सहभागिता रहेकाे थियाे ।

तालिमकाे सहजीकरण सुपर परियोजना प्रदेश संयोजक डम्बर बोहरा र प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र सूचना व्यवस्थापन अधिकृत विजयसिंह ठकुरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे