राष्ट्रपति भण्डारीद्धारा गणतन्त्र दिवसकाे शुभकामना



राष्ट्रपति भण्डारीद्धारा गणतन्त्र दिवसकाे शुभकामना

काठमाण्डाै १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । शुभकामना दिदै  राष्ट्रपति भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।

उनले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि दिवसले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पनि शुभकामना सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे