दाङमा शुक्रबार (आज) १ सय २८ जना कोरोना संक्रमण पुष्टि, थप १ संक्रमितको निधन



दाङमा शुक्रबार (आज) १ सय २८ जना कोरोना संक्रमण पुष्टि, थप १ संक्रमितको निधन

घोराही १४ जेठ । आज (शुक्रबार) दाङका १ सय २८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२५० जनाको स्वाब परिक्षण गर्दा ७१ जना महिला र ५७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै बैशाख यता अहिलेसम्म ६ हजार ८ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज २० जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका २० जना जनासहित जिल्लामा ५ हजार ४ सय ४६ जना संक्रमण मुक्त भएका छन् ।

अहिले संक्रिय संक्रमितको संख्या १ हजार २ सय ४६ रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले सधिकांश संक्रमित घरमै रहेका छन् । अहिले १ हजार १ सय ९ जना होम आईशोलेशनमा बसेका छन् ।

यस्तै आज दाङका थप १ जना संक्रमितको निधन भएको छ । तुलसीपुर ७ का ३७ वर्षीय पुरुषको निधन भएको छ । यससंगै जिल्लामा संक्रमणबाट मृत्यु हुने बैशाखदेखि हालसम्म १६५ जना पुगेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे