पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली



पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली

काठमाण्डौ १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप लगाएका छन् ।

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउने काम भएपछि आफ्नो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको बताए ।

सरकार गठनका सबै विकल्प पूरा भएपछि राष्ट्रपतिले संवैधानिक रूपमै मध्यावधि चुनावको घोषणासहित प्रतिनिधि सभा विघटन गर्नुभएको प्रधानमन्त्री ओलीकाे दाबी छ । बजेट सार्वजनिक गर्नुपर्ने समय नजिकिएको र राजनीतिक अन्याेल कायम राख्नु उचित नहुने भएकाले संविधानको धारा ७६ काे उपधारा ५ अनुसार सरकार बनाउन आफूले सिफारिस गरिएको उनकाे भनाइ छ ।

आफ्नो कदम राजनीतिक अन्याेलबाट मुक्त गर्ने उद्देश्यले भएको र प्रधानमन्त्रीमा दाबी गर्दा आफूलाई एमालेका एक सय २१ र जसपाका ३२ सांसदको समर्थन रहेको समेत ओलीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे