दाङमा आज २३३ जना कोरोना संक्रमित निको, १ जनाको मृत्यु



दाङमा आज २३३ जना कोरोना संक्रमित निको, १ जनाको मृत्यु

दाङ १३ जेठ । दाङमा आज २ सय ३३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै जिल्लामा बैशाख यता निको हुनेको कुल संख्या ५ हजार ४ सय ४३ पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ।

यस्तै आज जिल्लामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बैशाखयता संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ७ सय ४३ जना पुगेको केन्द्रले जनाएको छ। यसैगरी आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बैशाखयता मृत्यु हुनेको कुल संख्या १ सय ६४ पुगेको छ। आज मृत्यु हुनेमा घोराही १० की ३७ वर्षिया महिला रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे