दाङकाे बेलझुण्डीमा यात्रुबहाक जीप दुर्घटना, चार जना घाइते



दाङकाे बेलझुण्डीमा यात्रुबहाक जीप दुर्घटना, चार जना घाइते

तुलसीपुर १३ जेठ । बेनीबाट कपुरकोटका लागि छुटेको यात्रुबहाक जिप दाङमा दुर्घटनामा परेको छ । १२ जना यात्रु ल्याएर आएको रा १ज ५१५ नम्बरको जीप आज(विहीबार) तुलसीपुर १८ रङ्गशाला नजिकै दुर्घटनामा परिेको हो । अपरान्ह पौने ४ बजेतिर दुर्घटना हुँदा ४जना घाईते भएका छन् ।

घाईते हुनेमा ललित बिक, गगन बाँठा, सन्तोष बिक र दोर्ण बिक घाईते रहेका छन् । घाइते मध्ये सन्तोष बिक र दोर्ण बिकलाई गम्भिर चोट लागेको छ । घाईतेहरु सबै कपुरकोट गाउँपालिकका रहेको प्रहरीले जानकारी दिएको छ । साथै घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे