आज महान् सहिद कृष्णसेन ईच्छुकको १९ औं स्मृति दिवस, कोरोनाले औपचारिक कार्यक्रम नहुने



आज महान् सहिद कृष्णसेन ईच्छुकको १९ औं स्मृति दिवस, कोरोनाले औपचारिक कार्यक्रम नहुने

भालुवाङ १३ जेठ । आज महान् सहिद कृष्णसेन ईच्छुकको १९ औं स्मृति दिवस यस बर्ष भने नमनाईने भएको छ । जनयुद्धका क्रममा सहीद भएका पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस काेराेना स‌क्रमणका कारण नमनाइने भएकाे हाे ।

प्रत्येक बर्ष जेठ १३ गते नेपाल पत्रकार महासंघ, प्रेस संगठन र जनसंस्कृतिक महासंघ दाङले संयुक्त रुपमा कार्यक्रम गर्ने गरेको भएपनि यस बर्ष कोरोनाले गर्दा ईच्छुकको १९ औं स्मृति दिवसमा कुनै कार्यक्रम नगर्ने भएको हो ।

महासंघका अध्यक्ष दुर्गालाल केसी र संगठनका अध्यक्ष प्रकाश चौधरीले बुधबार एक विज्ञप्ति जारी गरि यस्तो बताए । पत्रकार कृष्णसेन इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लवमा क्रुरतापूर्वक यातना दिएर हत्या गरिएको थियो । कोरोना संकट र जारी लकडाउनको समाप्ती पछि एक औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरणको कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख छ ।

सेनका साथै पत्रकार, कलाकार लगाएत सम्पुर्ण सहिदहरुले गरेको वलिदानका कारण आज हामी गणतान्त्रिक युवमा प्रवेश गरेको भन्दै आगामी दिनमा पत्रकारिता र साहित्य सिर्जना मार्फत निरन्तर जनताको पक्षमा आवाज उठाउने प्रतिवद्धता पनि व्यक्त विज्ञप्ति मार्फत गरिएको छ । जनदिशा दैनिकका प्रधान सम्पादक रहेका सेनको २०५९ साल जेठ १३ गते तत्कालिन महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे