आज सङ्क्रमित हुने भन्दा निको हुने धेरै, ६ हजार ७ सय १४ जनामा सङ्क्रमण, ६ हजार बढी डिस्चार्ज



आज सङ्क्रमित हुने भन्दा निको हुने धेरै, ६ हजार ७ सय १४ जनामा सङ्क्रमण, ६ हजार बढी डिस्चार्ज

काठमाण्डाै १२ जेठ । नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । गएको २४ घण्टामा देशभर ६ हजार सत सय १४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार सात सय १६ निको भएका छन् । अहिले कोरोनामुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ । नेपालमा अब काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या चार लाख ११ हजार ६ सय तीन पुगेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाकाे पीसीआर र तीन सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ३५ हजार पाँच सय २५ पुगेकाे छ ।

यस्तै काेराेना भाइरसकाे सङ्क्रमणका कारण थप एक सय ४५ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ हजार आठ सय ८५ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे