दाङमा लकडाउन भए देखि ८ सवारी सधान चोरी, चोरीमा संलग्न २ जना पक्राउ



दाङमा लकडाउन भए देखि ८ सवारी सधान चोरी, चोरीमा संलग्न २ जना पक्राउ

दाङ १२ जेठ । दाङमा दोस्रो चरणको कोरोना भाइरस फैलिएसँगै भएको लकडाउनको अवधिमा ८ वटा सवारी सधान चोरी भएका छन् । बैशाख १७ गतेदेखि जारी लकडाउनको आजको अवधिसम्म ८ वटा सवारी सधान चोरी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। चोरी हुने सवारी सधानमा सबैभन्दा बढी बलेरो पिकअप ५ वटा रहेको छ भने दुई वटा मोटरसाइल र १ वटा टाटा सुमो रहेको छ ।

विभिन्न मितिमा गरी चोरी भएका यि सवारी सधानलाई अहिले प्रहरीले फेला पारी सवारी धनीलाई बुझाइसकेको छ । तर चोरीमा संलग्न २ जना मात्र पक्राउ परेका छन् । अन्यको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का १६ वर्षिय नवीन सार्की र सोही ठाउँका २६ वर्षिय विश्व रोका मगर रहेका छन् । उनीहरुउपर चोरी मुद्दामा अनुसन्धना भई रहेको रिजालले बताए ।

यि दुई युवकले जेठ ५ गते लमही बजारबाट भे १ च १५२६ नम्बरको सेतो रङको बलेरो पिकअप गाडी चोरी गरेर कैलालीको धनगढी नगरपालिका वडा नं. ८ मा पुर्याएका थिए । प्रहरीले चोरी भएका सवारी सधान जिल्ला बाहिर कपिलवस्तुबाट समेत बेवारिसे अवस्थामा फेला परेको छ । दुई वटा सवारी सधान बाहेक अन्य भने जिल्ला भित्रबाट प्रहरीले फेला पर्न सफल भएको छ।

साथै जिल्ला प्रहरी कार्यालय दाङले लकडाउन अवधिभर चोरीका घटना बढ्न सक्ने हुनाले आ-आफ्नो धनमालको समेत विशेष सावधानी सुरक्षित तवरले राख्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे