सिसहनियाँका कोरोना बिरामीका लागि ४५ हजार बराबरको औषधी सहयोग



सिसहनियाँका कोरोना बिरामीका लागि ४५ हजार बराबरको औषधी सहयोग

सिसहिनयाँ १२ जेठ । देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँमा रहेको कोरोना बिशेष अस्थाई अस्पतालमा भर्ना भएका कोरोना बिरामीहरुका लागि ४५ हजार बराबरको औषधी सहयोग गरिएको छ । नेपाल औषधी व्यवसाय संघ दाङ शाखाले कोरोना बिशेष अस्थाई अस्पताल सिसहनियाँलाई उक्त ४५ हजार रकम बराबरको औषधी तथा स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

जिल्लाभर रहेका आइसुलेशन तथा कोरोना बिशेष अस्पतालहरुमा नेपाल औषधी व्यवसाय संघ दाङले कोरोना रोग संग लड्ने बिभिन्न किसीमको औषधी तथा माक्स, सेनिटाइजर, पिपी लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको नेपाल औषधी व्यवसाय संघ दाङका अध्यक्ष बिष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । उक्त औषधी तथा स्वास्थ्य सामाग्री अस्पतालका इन्चार्ज डा.रेगनसिंह थापालाई संघका अध्यक्ष बिष्णुप्रसाद पौडेल हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा संघका सदस्यहरु कृष्ण श्रेष्ठ, सुनिल रेग्मी, पत्रकारद्धय महेश रिजाल र सन्तोषकुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे