दाङमा आज ८६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु



दाङमा आज ८६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

दाङ १२  जेठ । दाङमा आज थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ। यससँगै दाङमा बैशाख यता संक्रमतिको संख्या ६ हजार ७०८ पुगेको छ ।

यस्तै आज थप ६२ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै बैशाखयता निको हुनेको कुल संख्या ५ हजार १ सय १० पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमतिको संख्या १ हजार ३३५ रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस्तै दाङमा आज ३जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका, गढवा र दंगीशरण एक एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका मध्ये लमहीका पुरुषको बाँके र अन्यको दुई जनाको जिल्ला भित्र नै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे