प्युठानमा छाेरा छाेरी र आमा रुखमा झुन्डिएको अवस्थामा भेटिए



प्युठानमा छाेरा छाेरी र आमा रुखमा झुन्डिएको अवस्थामा भेटिए

प्युठान ११ जेठ । प्युठानमा एकै परिवारका तीन सदस्य मृत अवस्थामा भेटिएका छन् । स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीया गायत्री सुनार, सात वर्षीया छोरी र तीन वर्षीय छोराको शव प्युठान नगरपालिका वडा नम्बर १ चेरनेटा जङ्गलमा सालको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

साेमवार (हिजो) दिउँसो माइतीमा आमा भेट्न जान्छु भनेर हिँडेकी गायत्री र छोराछोरीको शव झुन्डिएको अवस्थमा भेटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक (डीएसपी) सुनिल मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार एउटै रुखमा तीनै जना अलग/अलग डोरीमा झुन्डिएको देखिएको छ ।

दाङमा पनि दुई जना मृत भेटिए

यस्तै दाङमा पनि दुई जना मृत अवस्थामा भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षीय रेखबहादुर घर्तीसँगै एक महिला झुन्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । गएको शनिबार घरबाट निस्किएका घर्तीको शव केही पर आँपको रुखमा झुन्डिएको अवस्थामा आज भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे