राप्ती उवा संघका निर्वतमान सदस्य किशोन पुनको कोरोना संक्रमणबाट निधन



राप्ती उवा संघका निर्वतमान सदस्य किशोन पुनको कोरोना संक्रमणबाट निधन

लालमटिया ११ जेठ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका निर्वतमान सदस्य किशोर पुनको निधन भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी ४१ वर्षिय पुनको कोरोना संक्रमणका कारण मृत्यु भएको उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् ।

२४÷ २५ दिन अघि कोरोना संक्रमण पुष्टि भएका पुनको भरतपुर मेडिकल कलेज चितवनमा मंगलवार विहान उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । उनी नेपाली कांग्रेसका क्रियाशिल कार्यकर्ता पनि हुन् । यस सँगै राप्ती गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे