सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त



सीसीएमसीको सीईओमा बालानन्द शर्मा नियुक्त

काठमाण्डाै ११ जेठ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्काे बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

उनलाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरिएको हो । यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सीसीएमसीले खासै काम गर्न नसकेको गुनासोपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाइएको छ । यसको लागि अध्यादेश जारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे