गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको मृत्यु
काठमाण्डाै ११ जेठ । गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गएको छ । पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।
युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हिजो बेलुका काठमाण्डौ ल्याइएको थियो । गएको जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ सडुवामा पाण्डे र एक भारतीय नागरिकलाई तीन जनाको समूहले गोली प्रहार गरेका थिए ।
३४ वर्षका पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य हुन् । प्रहरीले गोली हानेको आरोपमा दुई जनालाई यसअघि नै पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका-१ का ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का साकिर अली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्