जन्मदिनमा हुने फजुल खर्च कटाएर कोरोना महामारीलाई जित्न अक्सिजन सहयोग



जन्मदिनमा हुने फजुल खर्च कटाएर कोरोना महामारीलाई जित्न अक्सिजन सहयोग

तुलसीपुर २३ वैशाख । तुलसीपुरका युवा ब्यबसायी यज्ञबहादुर केसीले बुधबार परेको आफ्नो जन्मदिनमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सहयोग गरेका छन् । फजुल खर्च कटाएर उनले कोरोना महामारीलाई जित्न अक्सिजन सहयोग गरेका हुन् ।

पछिल्लो समय जिल्लामा अक्सिजन अभाब भएको अबस्थामा आफूले अक्सिजन सहयोग गरेको केसीले बताए । उनले ५० केजीका २२ थान सिलिण्डर सहयोग गरेको बताए । उक्त अक्सिजनका सिलिण्डर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको हो । ‘अक्सिजन अभाबका कारण जिल्लामा कसैको पनि अनाहकमा ज्यान नजावस’, उनले भने‘थप सहयोग के–के गर्नुपर्छ म तयार छु ।’ सो अबसरमा प्रमुख पाण्डेले अहिलेको महामारीमा सबैभन्दा ठुलो सहयोग नै मानविय सेवा भएकाले सबै एक ठाउमा उभिनु पर्ने बताए ।

त्यस्तै तुलसीपुरमा मृत भेटिएका तीन वालवालिकाको परिवारलाई नि पाँच हजार रुपैँया सहयोग गर्ने समेत प्रतिबद्धता गरे । ‘मैले पत्रकार शरद रेग्मीको फेसबुकमा पोष्ट गरेको हेरेँ, त्यहाँ लेखिएको थियो “यो नै मानबताको सर्बोत्कृस्ट धर्म हो ।’ यही भनाईलाई शिरोधार्य गर्दै मैले उक्त सहयोग गर्ने घोषणा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे