अक्सिजनको विकल्प र खोजीका विषयमा युवा वैज्ञानिक मार्शल रोका स‌ग छलफल



अक्सिजनको विकल्प र खोजीका विषयमा युवा वैज्ञानिक मार्शल रोका स‌ग  छलफल

तुलसीपुर २३ बैशाख । युवा वैज्ञानिक मार्शल रोकाले भिमसेन शहरी प्रवद्र्धन केन्द्र अश्वाराको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइनको व्यवस्था गर्ने बताएका छन् । उनले २० वटा वेडलाई पुग्ने गरी अक्सिजनको पाइपलाइन विस्तार गर्न लागेको बताए ।

अक्सिजनको चरम अभाव हुन थालेपछि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन युवा वैज्ञानिक रोकालाई आइसोलेसन सेन्टरमा डाकेका थिए । नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोका बिच अक्सिजनको विकल्पमा गर्न सकिने उपाय र खोजिका विषयमा पनि गम्भिर छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे