आज हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना, सतकर्ता अपनाउन आग्रह



आज हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना, सतकर्ता अपनाउन आग्रह

काठमाडौं २२ बैशाख। आज देशका विभिन्न ठाउँमा हावाहुरी, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना हरको छ । अहिले सुदुरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको मौसमपूर्वानुमान ममाशाखाले जनाएको छ। यस्तै सुदुरपश्चिम प्रदेशका केहि स्थानहरु र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावले गर्दा आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। साथै हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षा हुने छ ।

त्यस्तै राती पनि देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाले हल्कादेखि भारी वर्षासँगै चट्याङ र हावाहुरीले क्षेती पुर्याउने सक्ने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे