मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद बिस्तार, तेस्रो पटक थपिए तीन मन्त्री



मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद बिस्तार, तेस्रो पटक थपिए तीन मन्त्री

बुटवल २२ बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बिस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री पोखरेलले तीन मन्त्री नियुक्त गरी मन्त्रिपरिषद तेस्रो पटक बिस्तार गरेका हुन् । पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज मन्त्रिपरिषदमा तीन मन्त्री नियुक्ती र केही जिम्मेवारी हेरफेर गरेका छन्।

नयाँ नियुक्तिसँगै अब प्रदेश मन्त्रिपरिषद १० सदस्यीय भएको छ। थपिएकाहरुमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानूनमन्त्री, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री, धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री बनेका छन् ।

यसअघि नियुक्त मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे