माओवादीले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै



माओवादीले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

काठमाण्डौ २२ बैशाख । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै छ । हिजोको बैठकले गरेको निर्णय अनुसार आज समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने तयारी भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

नेताहरुको समय अनुकुल दिउँसो १२ बजेसम्म पत्र बुझाइसक्ने उनको भनाइ छ । मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्‍याउन पत्र बुझाउन लागेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे