दाङमा २१ दिने शिशुमा पनि कोरोना सङ्क्रमण



दाङमा २१ दिने शिशुमा पनि कोरोना सङ्क्रमण

दाङ २१ बैशाख । दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा आज (सोमवार) गरिएको पीसीआर परीक्षणमा घाेराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो ।

साेमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको हो । घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा दुई सय एक जनामा पोजेटिभ देखिएको हो ।

सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका धेरै छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक हजार आठ सय नाघेको  छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे