तुलसीपुरमा चट्याङ लागेर २ जना घाइते



तुलसीपुरमा चट्याङ लागेर २ जना घाइते

दाङ २० वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका १ बयालेमा चट्याङ लागेर २ जना घाइते भएका छन् । स्थानीय पोषण खरेलले दिएको जानकारी अनुसार सोमबार बेलुका ७ बजेतिर त्यहाँ रहेको एक कटेजमा चट्याङ पर्दा कटेज मालिक सहित अर्का एक जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा सोही ठाउँ निवासी कटेज मालिक २२ बर्षिय नवराज भण्डारी र २५ बर्षिय केशब केसी रहेका छन् । केसीको ढाडमा र भण्डारीको टाउकोमा चट्याङ परेको बताईएको छ । घाइतेहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउने तयारी भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे