मनिकापुरका अग्नी पिडितलाई राहात प्रदान



मनिकापुरका अग्नी पिडितलाई राहात प्रदान

गढवा ९ बैशाख । गढवा ६ मनिकापुरका अग्निी पिडितहरुलाई बुधवार गढवा गाउँपालिकाले खाद्यान्न तथा भाँडाकुडा लगायतका सामाग्री प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव र बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारी लगायतको टोली पिडितहरुको निवास मनिकापुरमा पुगी ३ घर परिवारलाई राहात बितरण गरेको गाउँपालिकाले जनाएको छ ।

केहि दिनपछि पिडितहरुलाई बस्ने बासका लागि जस्तापाता पनि प्रदान गरिने बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । सोमवार गढवा ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर पुर्ण क्षति भएका थिए । स्थानीय शोभाराम घर्तीमगर, हेमबहादुर घर्तीमगर, खिमबहादुर घर्तीमगर र कमल घर्तीमगरको घर तथा गोठमा आगलागी भएको थियो ।

आगलागी भएपछि तत्काल इलाका प्रहरी, गढवा गाउँपालिकाको दमकल र स्थानीय बासिन्दाहरुद्धारा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट निजहरुको घरमा रहेको खाद्यान्न, लत्ता कपडा, फर्निचर, गरगहना र नगद सहित ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे