गढवा गाउँपालिकाद्धारा किसानहरुलाई घाँसको बिउ वितरण



गढवा गाउँपालिकाद्धारा किसानहरुलाई घाँसको बिउ वितरण

गढवा ९ बैशाख । गढवा गाउँपालिका पशुसेवा शाखाले गढवाका सबै वडाहरुमा किसानहरुलाई निशुल्क घाँसको बिउ वितरणको काम सुरु गरेको छ । बिहिवार गढवाको वडा नं. ६ बाट मकैचरी नामको उननत बर्षे घाँस वितरण सुरु गरिएको र क्रमश सबै वडाहरुमा वितरण गरिने पशु बिकास शाखाका प्रमुख अनन्तराज रेग्मीले जानकारी दिएका छन् ।

गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले किसानलाई घाँसको बिउ वितरण गरेर कार्यक्रमको उद्घाटन गरे । बिहिवार गढवाको ६ नम्बर वडामा २ सय २७ जना किसानहरुलाई घाँस वितरण गरिएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे