रोजगार प्रवर्धन गर्न बाख्रापालन तालिम



रोजगार प्रवर्धन गर्न बाख्रापालन तालिम

देउखुरी ९ बैशाख । गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तर्गत गढवा ६ मनिकापुरमा गढवा गाउँपालिकाद्धारा आयोजना गरिएको ३ दिने बाख्रापालन तालिम बिहिवार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

वडा नं. ६ का वडा सदस्य श्रीराम यादवको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो ।
उद्यम तथा सामाजिक बिकास मञ्च नेपालको समन्वय सहकार्य र गाउँपालिकाको आर्थिक लगानीमा लघुउद्यम मार्फत रोजगारी प्रबर्धन र आयआर्जनका लागि बाख्रा पालन सम्बन्धी तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष प्रकाश भण्डारी, प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा, उद्यम तथा सामाजिक बिकास मञ्च नेपालका कार्यक्रम संयोजक भिम बस्नेत, प्रशिक्षक निर्मल चौधरी र सहभागी यमकुमारी रावत लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन उद्यम बिकास सहजकर्ता बिनु भुजेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे