नेपाली कांग्रेस महिला विभागको लुम्बिनी प्रदेश संयोजकमा : विमला योगी



नेपाली कांग्रेस महिला विभागको लुम्बिनी प्रदेश संयोजकमा : विमला योगी

लमही २८ चैत्र । नेपाल महिला संघ दाङका संस्थापक तथा स्कुलअफ डेमोक्रेसी दाङका अध्यक्ष विमला योगी नेपाली कांग्रेस महिला विभागको लुम्बिनी प्रदेश संयोजकमा चयन भएकी छिन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य तथा महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले योगीलाई लुम्बिनी प्रदेशको संयोजकमा मनोनयन गरेका हुन् । संघियता कार्यान्वयनको चरण सँगै नेपाली कांग्रेस महिला विभागले देशका ७ वटै प्रदेशहरुमा प्रदेश संयोजकहरु चयन गर्ने क्रममा लुम्बिनी प्रदेशको महिला विभागको संयोजकमा नेपाल महिला संघ दाङका संस्थापक विमला योगी चयन भएकी हुन् ।

यसै बिच नेपाल महिला संघ दाङका सभापति गोमा रावत र स्कुलअफ डेमोक्रेसी दाङका सचिब लिला शाहले बिज्ञप्ती मार्फत संस्थाका संयोजक तथा संस्थापक सभापति एबम् सामाजिक अभियन्ता बिमला योगीलाई लुम्बिनी प्रदेशको संयोजक चयन गरेकोमा नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति सदस्य तथा केन्द्रिय महिला विभाग टिमलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे