भैसाही नाकामा आगलागी हुँदा १० लाखकाे क्षती



भैसाही नाकामा आगलागी हुँदा १० लाखकाे क्षती

दाङ २८ चैत्र । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका स्थित शसराम राना मगरको घरमा आगलागी भएको छ । शुक्रबार दिउँसो १:३० बजेतिर रानाको एक तले र दुई कोठाको घरमा आगजनी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको हो ।

सो आगलागिबाट पशुचौपाय, लत्ताकपडा, खाद्यन, नगद, लगायत घरमा रहेको सम्पुर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १० लाख बरारको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै आपत बिपतमा सहयोग र सहकार्य गर्न सम्पुर्ण संघ संस्था स्थानीय सरकारलाई सो गाउँका समाजसेवी अमृत खड्काले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे