होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा : काफ्ले



होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा : काफ्ले

भालुवाङ २८ चैत्र । होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशको अधिवेशनले भाष्कर काफ्लेलाई अध्यक्षमा सर्वसहमतीले चयन गरेको छ । महासंघको बरिष्ठ उपाध्यक्षमा महेन्द्र श्रेष्ठ (रुपन्देही), प्रथम उपाध्यक्ष एकनारायण चापागाई, द्धितिय उपाध्यक्ष घनलाल चापागाई, महिला उपाध्यक्ष गिता गौली र पर्यटन उपाध्यक्षमा समुन्द्र जिसी चयन भएका छन् ।

यसैगरी महासचिवमा दधिराम भण्डारी (प्युठान), उपमहासचिव गणेश बेल्बासे (रुपन्देही), सहसचिव महेश बेल्बासे (दाङ), कोषाध्यक्ष दिपेन्द्र पुन (दाङ), सहकोषाध्यक्ष खेतुलाल उपाध्याय रहेका छन् । भने सचिव पदमा कपिलबस्तुका २ जनाको उमेदवारी परेकोमा दुबै जनाले उम्मेदवारी फिर्ता लिएपछि कार्यसमितिले मनोनित गर्ने भएको छ ।

त्यस्तै सदस्यहरुमा दयाराम थापा, भोजराज शर्मा, रमेश ढकाल, टेकनारायण सापकोटा, लिलाधर भट्टराई, लालुराम पाण्डे, शिबप्रसाद घिमिरे, रामकृष्ण भण्डारी, मोहन सिंह ठकूरी, रावती चौधरी, दुर्गा बम र गञ्जबहादुर थापा रहेका छन् ।

यस अघि निर्वाचन कार्यतालिकाको घोषणा भएपछि अधयक्ष पदमा गुल्मीका युवराज भण्डारी र नेपालगंजका भाष्कर काफ्लेले मनोनयन दर्ता गरेका थिए ।
त्यस्तै सचिव पदमा २ जना, महिला उपाध्यक्षमा २ जना, पर्यटन उपाध्यक्षमा २ जना र सदस्य पदमा १३ जनाले मनोनयन दर्ता गरेका थिए । सर्बसम्मत नेतृत्व चयन हुने संभावना टरेपछि शनिवार होटल ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष सहितको टिम आएर सर्बसम्मत नेतृत्व चयन गराउन भूमिका खेलेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे