LISTEN LIVE RADIO

विप्लवसँग वार्ता गर्न सरकार पक्षबाट बादल र विप्लव समुहबाट प्रकाण्ड नेतृत्वको वार्ता टोली बन्याे



विप्लवसँग वार्ता गर्न सरकार पक्षबाट बादल र विप्लव समुहबाट प्रकाण्ड नेतृत्वको वार्ता टोली बन्याे

काठमाडौं १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।

यसै सिलसिलामा प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे