लुम्बिनी सहित केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना



लुम्बिनी सहित केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं ३१ बैशाख । हाल नेपालमा स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा  आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका थोरै र मधेश, लुम्बिनी र कर्णालीका एक-दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

त्यसैगरी आज राती कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे