LISTEN LIVE RADIO

बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै



बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै

बर्दिया १८ फागुन । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । बाघको आक्रमणबाट सोमवार राजापुर नगरपालिका १० बस्ने ६५ का लालबहादुर थारुको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवक्री क्षेत्र गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।बाघको आक्रमणबाट बर्दियामा एक वर्षमा सात जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे