दुर्गा भवानी विद्यालयमा भुसाल दम्पतिद्धारा १ लाख बढीकाे अक्षयकोष स्थापना



दुर्गा भवानी विद्यालयमा भुसाल दम्पतिद्धारा १ लाख बढीकाे अक्षयकोष स्थापना
भालुवाङ १८ फागुन । स्वर्गीय आमाको सम्झनामा राप्ती गाउँपालिकामा एक जोडिले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयाका छोरा सुरेन्द्रप्रसाद भुसाल र बुहारी लक्ष्मी बन्जाडे भुसालका दम्पतिले आफ्नी आमा उमकला भुसालको स्मृतिमा दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा  अक्षयकोष स्थापना गरेका हुन् ।

आमा निरक्षर भएपनि आमाको शिक्षा प्रतिको मोह तथा शिक्षा क्षेत्रमा र सामाजिक कामका लाग्न आफुलाई प्रेरित गर्ने गरेको सम्झनामा भुसाल दम्पतिले विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।

२०७६ साल भदौ १९ गते निधन भएको आमाको हिन्दु परम्परा अनुसार मृत्यु पछि गरिने विभिन्न संस्कार मध्यको भुमि दान, द्रब्य दानलाई शिक्षा क्षेत्रमा लगाउने र आमाको युगौ युगसम्म सम्झना रहिरहने उदेश्यले दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयामा १ लाख वढिको अक्षयकोष स्थापना र ५० हजार बराबरको भुमि खरिदका लागि दान गरेका सुरेन्द्र प्रसाद भुसालले बताए।

भुसालले अक्षयकोषको स्थापनाबाट शैक्षिक क्षेत्रमा विद्यालयमा उत्कृष्ट हुने बिद्यार्थीलाई प्रोत्साहन गर्न सकिने जस्ले गर्दा विद्यार्थीमा मेहनत गरि पढ्ने बानीको विकास गर्न सकिने बताए ।

विद्यालयको २४ औ बार्षिक उत्सवको अवसरमा भुसालले विद्यालयका प्रधानाध्यापक सुर्य प्रकाश भण्डारीलाई अक्षयकोषको रकमको चेक हस्तान्तरण गरेका हुन् । विद्यालयका प्रधानाध्यापक भण्डारीका अनुसार २ सय ६८ जना विद्यार्थी रहेको विद्यालयमा ८ कक्षा सम्म ९ जना शिक्षक कर्मचारीद्धारा पठनपाठन भैरहेको र विद्यालयलाई नमुना बिद्यालय बनाउने प्रयासमा दाताहरुको आर्थिक तथा भौतिक सहयोग उपलब्धी मुलक रहेको बताए ।

भुसालले स्थापना गरेकाे अक्षयकोष संचालन निर्देशिका अनुसार अक्षयकोष नेपाल बैकमा मुद्धति खातामा राखी बार्षिक आउने ब्याजको ७५ प्रतिशत रकम बाट उत्कृष्ट हुने बिद्यार्थिलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २५ प्रतिशत रकम बाट अक्षयकोषमा जम्मा गर्दै लैजाने प्रधानाध्यापक भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे