मौरीघाटबाट एक सडक मानवको उद्धार



मौरीघाटबाट एक सडक मानवको उद्धार

भालुवाङ १ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटबाट एक सडक मानवको उद्धार गरिएको छ । मंगलवार बेलुका सडकमा हिडिरहेका बेला रिपोटिङबाट घर फर्किरहेका पत्रकारहरु ओमप्रकाश गुप्ता र मोतीराम भट्टराईले प्रहरीको सहायतामा ती मानवको उद्धार गरि राप्ती गाउँपालिका– ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा पठाएका छन् ।

अन्दाजी ५०÷५५ वर्षको मधेशी मुलको जस्तो देखिने ती मानवलाई पत्रकारद्धय ओमप्रकाश गुप्ता, मोतीराम भट्टराई, प्रहरी चौकी मसुरीयाका प्रहरी वरिष्ठ हवल्दार सुमन थापा र प्रहरी हवल्दार गोविन्द पराजुलीले उद्धार गरि निलसागर सेवा आश्रममा पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे