LISTEN LIVE RADIO

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै



प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

काठमाण्डाै २७ माघ । घोषित चुनावको तयारी र नेकपा विवादलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली बिहान ११ बजे आयोगमा उपस्थित हुने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि यही माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । आज प्रधानमन्त्री ओलीले आयोगमा गएर आफूहरु नै आधिकारिक नेकपा हो भनेर दाबी गर्नुहुने र चुनावबारे पनि कुराकानी हुने उहाँको सचिवालयले जनाएको छ । नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।

त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा गएको पुस ५ गएकाे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे