LISTEN LIVE RADIO

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासकाे मत



बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासकाे मत

काठमाण्डाै १९ चैत । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्राे पटक विश्वासकाे मत प्राप्त गरेका छन् । आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासकाे मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनकाे प्रस्तावकाे पक्षमा ५६ मत खसेकाे छ । यस्तै उनकाे विपक्षमा  ३७ जना सांसदले मत दिए भने १५ जना सांसद तटस्थ रहे ।

एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए । बहुमतका लागि ५६ जना सांसदकाे समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदकाे समर्थन पाए । उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए । २०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलाे पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे