LISTEN LIVE RADIO

लमही नगरपालिका–४ की एक महिला ६ किलो चरेस सहित बर्दियाबाट पक्राउ



लमही नगरपालिका–४ की एक महिला ६ किलो चरेस सहित बर्दियाबाट पक्राउ

दाङ १९ चैत ।  दाङकी एक महिलालाई ६ किलो चरेस सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ निवासी ४५ वर्षीया आशा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ जाँदै गर्दा आज सोमबार बढैयाताल गाँउपालिका–२ स्थित चेकजाँचका क्रममा ६ किलो चरेश फेला परेपछी उनलाई पक्राउ गरिएको हो । उनको साथबाट १२ पोका ५ केजी ९ सय २५ ग्राम चरेश र भाङको डल्ला २८ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे