LISTEN LIVE RADIO

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात प्रयास



धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात प्रयास

काठमाण्डाै २८ मंसिर । धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात प्रयास भएकाे छ । पार्टीकाे ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि आज बिहीवार हातपात प्रयास भएकाे हाे ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका–५ लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातकाे प्रयास गरेका हुन् । ओलीमाथि हातपात प्रयास गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिए । राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओलीमाथि हातपातकाे प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड–रक्सी खाएका थिए । यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएकाे १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राकाे आज १५ औँ दिन हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे