LISTEN LIVE RADIO

राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने



काठमाण्डाै २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेकाे बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् । राष्ट्रपतिको चुनाव  बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे