LISTEN LIVE RADIO

सूचना अधिकारीको विवरण सबैले देख्नेगरी राख्न राष्ट्रिय सूचना आयोगको निर्देशन



सूचना अधिकारीको विवरण सबैले देख्नेगरी राख्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ, ३० साउन । राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहलाई सूचना अधिकारीको विवरण सबैले देख्नेगरी राख्न आदेश दिएको छ । आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १९ को ङ बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत्७ सय ५३ वटै स्थानीय तहलाई यस्तो आदेश दिएको हो ।

सूचना अधिकारीको नाम, पद, सम्पर्क नम्बर ल्याण्डलाइन र मोबाइल इमेल, कोठा नम्बर उल्लेख गरेको फ्लेक्स कार्यालयको प्रवेशद्वार नजिकै सबैले देख्न सहज हुने गरी राख्ने र वेबसाइट तथा अन्य प्रकाशनमा पनि नियमित रुपमा राख्न आदेश दिएको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

धेरै निकायको वेबसाइटमा सूचना अधिकारीको नाम हुने तर, सम्पर्कका लागि मोबाइल नम्बर नराख्ने गरेको पाइएको र यसबाट सर्वसाधारण नागरिक र सार्वजनिक निकाय बीचको सम्बन्ध टुटाउँदै लैजाने नियतका साथ यस्तो भइरहेको पाइएपछि यस्तो आदेश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे