LISTEN LIVE RADIO

रूपन्देहीमा गोली चल्यो, एकजना घाइते



रूपन्देहीमा गोली चल्यो, एकजना घाइते

साउन ३० , घोराही – रूपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् । जिल्लाको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन । गएराति पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरेपछि सो समूह सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेको छ । गोली प्रहार र लुटपाटमा संलग्नको खोजी जारी रहेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे