LISTEN LIVE RADIO

भालुवाङमा बियोण्ड बेइजिङ समिति नेपालको बि प्लस ३० प्रदेश स्तरीय कार्यशाला सम्पन्न



भालुवाङमा बियोण्ड बेइजिङ समिति नेपालको बि प्लस ३० प्रदेश स्तरीय कार्यशाला सम्पन्न

भालुवाङ २६ वैशाख । बियोण्ड बेइजिङ समिति नेपालको आयोजनामा बि प्लस ३० प्रदेश स्तरीय कार्यशाला कार्यक्रम भालुवाङमा सम्पन्न भएको छ।प्रदेश अध्यक्ष प्रिज्मा सिंह थारुको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य बिजुला राईमाझीको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिला विरूद्व हिंसा, महिला र शसस्त्र संघर्ष, महिला तथा अर्थतन्त्र शक्ति संरचना र निर्णायक तहमा महिला, महिला विकासको लागि संस्थागत संयन्त्र , महिला र मानव अधिकार तथा महिला र सञ्चार, महिला र वातावरण, बालिका लगायतका सवालमा छलफल गरिएको थियो ।

१२ वटा जिल्लाका बिबिसी र विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ४५ जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण बियोण्ड बेइजिङ समिति नेपालकी उपाध्यक्ष डाक्टर लक्ष्मी तामाङले गरेकी थिइन् । प्रदेश सचिव सुमित्रा शर्माको स्वागत तथा विषयवस्तु प्रवेशबाट सुरू भएको कार्यक्रमको सञ्चालन बिबिसी परियोजना संयोजक सुष्मा श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे